काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा १९ र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
संक्रमितमध्ये २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेकाे मन्त्रालयले जनाएकाे छ ।