Aafno Khabar

काेराेना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

  • आफ्नो खबर
  • August 29, 2020 प्रकाशित

भरतपुर । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चा जन्माउनुभएकाे छ ।

शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा गत १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उहाँ गत ८ गते अस्पताल भर्ना हुनुभएकाे थियाे । सं‌क्रमण बच्चामा नसराेस् भनेर आमा र बच्चा छुट्टै राखिएकाे अस्पताल स्राेतले बताएकाे छ । आमाकाे रिपाेर्ट नेगेटिभ नआएसम्म अलग राखिने जनाइएकाे छ ।