काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४ सय १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना रहेका छन् ।
शुक्रबार देशभर ९ सय २७ जना काेराेनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
हालसम्म २० हजार २ सय ४२ जना संक्रमित निको भएर घर फर्किसकेकाे पनि मन्त्रालयले जनाएकाे छ ।