काठमाडौं । चौधरी ग्रुप अफ इन्डस्ट्रिजका मालिक विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार बिहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएको छ ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । चौधरी विश्वका धनी समूहमा पर्ने नेपालका एक मात्र उद्योगी हुनुहुन्छ ।