Aafno Khabar

प्रत्येक नेपालीकाे भान्छामा छ काेराेनाकाे ‌औषधि

  • आफ्नो खबर
  • August 27, 2020 प्रकाशित

सांकेतिक तस्बिर ।

काठमाडौं । आयुर्वेदिक उपचार पद्धती अनुसार प्रत्येक नेपालीकाे भान्छामा काेराेनाकाे ‌औषधि रहेकाे पाइएकाे छ ।

भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो ।

विज्ञहरुका अनुसार भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुग्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रत्येक नेपालीकाे भान्छामा काेराेनाकाे औषधि छ भन्दा सामाजिक सञ्जालमा चर्काे आलाेचना भएकाे थियाे । तर विज्ञहरुले पनि काेराेनाकाे औषधि नेपाली भान्छामा भएकाे बताउने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु