विश्व फुटबलमा सबैभन्दा बढी याे साता चर्चा चलेकाे विषय हाे, मेस्सी । च्याम्पियन्स लिगकाे क्वार्टर फाइनल खेलमा बायर्न म्युनिखसँगक फराकिलाे गाेल अन्तरले बार्सिलाेना पराजित भएपछि विश्व फुटबलमा बार्सिलाेना र मेस्सीकाे चर्चा भइरहेकाे छ ।
मस्सी स्वयमले पनि बार्सिलाेना छाड्ने मनसाय व्यक्त गरिसकेका छन् । उनले ब्यूराेफ्याक्स मार्फत क्लब छाेड्न इच्छुक भएकाे पत्र क्लबमा पठाइसकेका छन् । यसपछि अब मेस्सीले अब के गर्लान् ? भन्ने चासाे छ ।
मेस्सीले बार्सिलाेना छाड्ने मनसाय व्यक्त गरेपछि विश्वका धेरै र चर्चित फुटबल क्लबले मेस्सी भित्र्याउने चाहाना व्यक्त गरिरहेका छन् । मेस्सी भित्र्याउने दाैडमा सबभन्दा अगाडी म्यानचेस्टर सिटी लागि परेकाे मार्काले उल्लेख गरेकाे छ ।
म्यानचेस्टर सिटी अगाडि हुनुमा केही कारण छन् जसमा म्यानचेस्टर सिटीको प्रशिक्षकमा पेप ग्वार्डिओला छन् । ग्वार्डिओलासँग मेस्सीले आफ्ना सफलताका दिनमा सहकार्य गरेका थिए । उनका साथी सर्जियो अग्युरो पनि त्यहीँ छन् ।
मेस्सी भित्र्याउनका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब इन्टर मिलान, इङलिस क्लब म्यानचेस्टर युनाइटेड तथा उनको पुरानो अर्जेन्टिनी क्लब नेवेल्स ओल्ड बोइज र कतारी क्लब अल सादले पनि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मेस्सीले बार्सिलाेना छाड्ने चाहाना व्यक्त गरे पनि बार्सिलाेना मेस्सी छाेड्ने मनसायमा छैन । बार्सिलाेनाका नयाँ स्पाेर्टस् डाइरेक्टर रमाेन प्लान्सले बुधबार सञ्चारमाध्यमसँग भनेका थिए,‘बार्सिलोनाले मेस्सीलाई पठाउने भन्ने सोचेको छैन। हामी चाहन्छौँ उनी यहीँ बसुन् ।’
अझै मेस्सी र क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउबीच संवादको सम्भावना छ । यद्यपि दुवै पक्षले यसको जानकारी भने दिएको छैन । यदी मेस्सीकाे मनसाय बार्सिलाेनाबाट निस्कने नै भएमा म्यानचेस्टर सिटी त्यसको नजिकमा देखिन्छ जसले मेस्सी लिन ठूलो लगानी गर्नुपर्नेछ ।
इएसपीएनको एक रिपोर्ट अनुसार सिटीले मेस्सीसँग प्रिमियर लिगमा तीन वर्ष करारको तयारी गरेको पनि समाचारमा बताइएको छ ।