Aafno Khabar

काठमाडाैंका तीन जनासहित थप सात जनाको मृत्यु

  • आफ्नो खबर
  • August 25, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडाैंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।