Aafno Khabar

सपनामा सुन्दर युवती देखे कस्ताे फल प्राप्ति हुन्छ ?

  • एजेन्सी
  • August 25, 2020 प्रकाशित

सपनामा देखिएका कस्ता कुराले कस्ताे फल प्राप्त हुन्छ भन्ने विषयमा हामीले विभिन्न भनाइ सुन्दै आइरहेका छाैँ । धन, विद्या, शुभ दिन, अशुभ दिन आदी कुराहरु सपनामा नै देखेर पनि मानिसहरुले विश्वास मान्ने गरेका छन् ।

आज हामी तपाइँहरुमाझ सपनामा सुन्दर युवती देखा परे कस्ताे फल प्राप्त हुन्छ भन्ने जानकारी दिन लागेका छाैँ ।

कस्ता युवती सपनामा देख्दा कस्तो फल प्राप्त हुन्छ ?

सपनामा गोरी सुन्दर स्त्रीले अंगालो हालेको देखियो भने चाँडै नै धन प्राप्ति हुनेछ । सपनामा अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाइन्छ ।

बैदिक शास्त्र अनुसार यदि सपनामा अप्सराको दर्शन प्राप्त भयो भने भिखारी पनि धनी बन्न सक्छन् । सपनामा प्रेमिकासँग घुम्न गएको देखियो भने त्यही प्रेमिकासँग पछि दाम्पत्य जीवन सुमधुर हुन्छ ।

यदी सपनामा महिला देखियाे अथवा महिलासँग चुम्बन तथा संसर्ग भएकाे छ भने पनि धन प्राप्ति हुने सम्भावना प्रवल हुन्छ ।

सम्बन्धित शीर्षकहरु