Aafno Khabar

कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने सरकारकाे तयारी

  • आफ्नो खबर
  • August 25, 2020 प्रकाशित

काठमाडाैं । सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङकाे काममा खटाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरी शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो ।

काेराेना संक्रमितकाे दर दिन प्रतिदिन बढीरहँदा ट्रेसिङ र टेस्टिङकाे काम प्रभावकारी हुन सकेकाे छैन । अहिले कन्ट्याक्ट ट्रेसिङकाे काम स्थानीय तहले गरिरहेकाे छ ।

कोभिड-१९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन् । शिक्षकहरु त्यतिकै बसिरहेकाे अवस्थामा उहाँहरुलाई काममा खटाउन शिक्षा मन्त्रालयलाई पत्र लेखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

देशभर १ हजार ७५ कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले काम गरिरहेको छ। तर कतिपय संक्रमित संख्या धेरै भएका ठाउँमा कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण बनेको छ । मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई दुई तीन वटासम्म कन्ट्याक्ट ट्रेसिङ गर्ने टोली बनाउन समेत सुझाव दिएकाे छ ।