Aafno Khabar

टिकटकले हाल्याे अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा

  • एजेन्सी
  • August 25, 2020 प्रकाशित

टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सुरक्षाका लागि भनेर ट्रम्प प्रशासनले अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रकृया अगाडि बढाएपछि टिकटकले मुद्दा अगाडि बढाएको हो ।

चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले अमेरिकाकाे राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको दाबी गरिरहेकाे छ । टिकटक कम्पनीले ट्रम्पले चीन विराेधि राजनीतिक अभियान अगाडि बढाउन प्रतिबन्धकाे तयारी गरिरहेकाे पनि आराेप लगाएकाे छ ।

‘सरकारले विना कुनै प्रमाण प्रतिबन्धकाे तयारी गरिरहेको छ ।’ कम्पनीले भनेकाे छ ।

क्यालिफोर्नियाको फेडरल कोर्टमा सोमबार टिकटक कम्पनीले मुद्दा दायर गरेको हो । अमेरिकाको वाणिज्य विभाग, राष्ट्रपति ट्रम्प र वाणिज्य सचिवविरुद्ध मुद्दा दायर गरिएकाे छ ।

ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।