Aafno Khabar

झापाकाे बिर्तामाेडमा अनसश्चितकालीन निषेधाज्ञा

  • आफ्नो खबर
  • August 25, 2020 प्रकाशित

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदाय स्तरमा कोरोना देखिएपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो ।

विर्तामोडको मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।