आइतबार राति च्याम्पियन्स लिगकाे फाइनलमा पराजित भएपछि पीएसजीका नेइमार भक्कानिए । उनले आँसु थाम्न सकेनन् । उनका आँखाबाट आँसु बरबरी झरे ।
विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका महँगा खेलाडी नेइमारले फ्रेन्च क्लबबाट उपाधि जित्न चाहान्थे । लामाे समय चाेटग्रस्त भएर खेलमा फर्किएका नेइमारले पीएसजी फाइनलसम्म पुर्याउँदा समर्थक र खेल विज्ञहरुले नेइमार परिपक्व खेलाडी बनेकाे प्रतिक्रिया दिइरहेका थिए । तर पीएसजीकाे युरोपियन च्याम्पियन बन्ने चाहाना र नेइमारले लिन चाहेकाे क्रेडिट असफल बन्याे ।
फाइनलमा बायर्न म्युनिखसँग पीएसजी पराजित बन्याे । बायर्नका लागि ५९ औँ मिनेटमा काेमानले गरेकाे गाेल नै बायर्नका लागि उपाधि दिलाउन सफल भयाे । पीएसजीका लागि नेइमार र एमाबप्पे गोलका प्रयास नगरेका होइनन्, तर उनीहरुको प्रयास सफल भएन । उनीहरुकाे पटक पटककाे प्रयास बार्यन गोलरक्षक म्यानुएल नुयरले असफल बनाए ।
मैदानबाट बाहिरिने क्रममा नेइमारकाे पीडाकाे बाँध टुट्याे । उनी बेस्सरी राेए । उनले आँसु राेक्नै सकेनन् मैदानकाे छेउमा बसेर राेए । केही सम्हालिएपछि उनले ट्वीटरबाट समर्थकसमक्ष प्रतिक्रिया दिए, ‘याे साथकाे लागि धन्यबाद । हामी अन्तिमसम्म लडिरहेका थियाैँ ।’