Aafno Khabar

उपत्यकाका तरकारी पसल र खाद्यान्न पसल बिहान सवा ९ बजेसम्म खुल्ने

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बिहान सवा ९ बजेसम्ममात्र खाद्यान्न र तरकारी पसल खाेल्न पाइने भएकाे छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे आइतबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सीडीओको आकस्मिक बैठक बसेको थियो ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।

गत मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम हुनेछ ।