Aafno Khabar

चालकमा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

डोटी । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।

भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका मुख्यमन्त्री भट्टसँगै उहाँको परिवारका सदस्यहरु पनि गएका थिए ।

मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिं ओलीले बताउनुभयो ।