Aafno Khabar

आइतबार ८ सय १८ जनामा कोरोना संक्रमण

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

काठमाडौं । नेपालमा आइतबार ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन ।

योसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ।