रौतहट । बाग्मती नदीमा डुबेर रौतहटमा ३ जना बालिका बेपत्ता भएका छन् ।
गढिमाई नगरपालिका ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका हुन ।
डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।