काठमाडाैं । स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानमाथि ३–२ काे जित निकालेर सेभिल्लाले उपाधि जितेको हो ।
सेभिल्लाले छैटाैँ पटक युराेपा लिगकाे उपाधि जितेकाे हाे । उपाधि जिताउनका लागि सेभिल्लाका लागि लूक डी जोङ्गले २ गोल गरे भने इन्टर मिलानका रामेलु लुकाकुले एक गाेल उपहार दिए । उनले खेलकाे ७४ औँ मिनेटमा आत्मघाती गाेल गरे ।
मिलानका लागि लुकाकु र डिएगो गोडिनले गोल गरे । खेलकाे पाँचाै मिनेटमा नै पाएकाे पेनाल्टीबाट मिलानले सुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि लुकाकुले गाेल गरेका थिए ।
त्यसपछि डी जोङ्गले सेभिल्लाका लागि १२ औँ मिनेटमा गाेल गरी खेल बराबरीमा ल्याए । त्यसपछि ३३ औँ मिनेट जाेङ्गले नै व्यक्तिगत दाेस्राे र टिमका लागि पनि दाेस्राे गाेल गरे । तर सेभिल्लाकाे अग्रता धेरैबेर रहेन । ३५ औँ मिनेटमा इन्टर मिलानका गोडिनले गोल गरी खेल बराबरीको अवस्थामा ल्याए ।
तर ७४ औँ मिनेटमा लुकाकुले आत्मघाती गोल गरेपछि सेभिल्लाले उपाधि जित्याे । डिएगो कार्लोसको बाइसाइकल किक जोगाउने प्रयास गर्दा लुकाकुले आफ्नै पोस्टमा गोल गरे ।