Aafno Khabar

यस्ता छन् याैन सम्बन्धले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव

  • एजेन्सी
  • August 22, 2020 प्रकाशित

यौन जैविक आवश्यकता हो । त्यसैले यसलाई सहज रुपमा लिन आवश्यक छ । यौन सम्बन्ध शारीरिक सुखका लागि मात्रै होइन । यसका विभिन्न स्वास्थ्य फाइदा पनि छन् ।

के-के छन् त स्वास्थ्यमा याैन सम्बन्धले पार्ने सकारात्मक प्रभाव :

– यौन सम्बन्धमा तनावबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । याैन सम्बन्ध तनाव मुक्त हुने प्राकृतिक उपायका रुपमा लिने गरिएको छ ।

– यौन सम्पर्कका बोला शरीरबाट केही यस्ता हर्मोनहरु बाहिरिन्छन्, जसले शरीरमा रहेका दुखाइ कम गर्न सहयोग गर्छ ।

– निन्द्राका लागि यौन सम्पर्क विशेष लाभदायी हुन्छ । विशेष गरी पुरुषहरु यौन सम्पर्कपछि राम्रोसँग निदाउने गर्छन् ।

– राेगसँग लड्ने क्षमता विकासमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका रहन्छ ।

– यौन सम्बन्ध र मस्तिष्कको क्षमताबीच पनि सकारात्मक सम्बन्ध रहेको छ । यौन सम्बन्धले व्यक्तिको वैचारिक सीप वा क्षमतामा राम्रो प्रभाव पर्ने गर्छ ।

– मुटु सम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् ।

–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा । 

सम्बन्धित शीर्षकहरु