काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २ सय जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले विगत २४ घण्टामा उपत्यकामा थप २ सय जना संक्रमित थपिएकाे जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार काठमाडाैंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना काेराेना संक्रमित भेटिएका हुन् ।
नेपालमा हालसम्म २९ हजार ६ सय ४५ जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ । संक्रमितमध्ये १७ हजार ९ सय ६४ जना निकाे भइसकेका छन् ।