फाइल तस्बिर ।
काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र कडा निषेधाज्ञा गरेकाे छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ।
त्यस्तै, अनावश्यक रुपमा गुडाएका सवारी साधनसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । २ तथा ४ पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।