क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा जमैकाले सेन्ट लुइसमाथि पाँच विकेटकाे जित हात पारेकाे हाे ।
टस हारेर पहिले ब्याटिङको सेन्ट निम्ताे पाएकाे सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएकाे थियाे ।
जवाफमा जमैकाले १८.५ बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।
सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए भने नाजिबउल्लाह जाड्रनले २५ रन जोडे । यस्तै, आन्द्रे फ्लेटचरले २२ रन बनाउँदा मार्क डियलले १७ तथा मोहमद नाबीले १३ रन जोडे ।
जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले २-२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गरी २३ रन खर्चिएर १ विकेट लिए । आन्द्रे रसेलले पनि एक विकेट लिए ।
सुरुवात राम्रो गर्न नसकेको जमैकाले पाँच रनमा पहिलो विकेट गुमाएको थियो भने १३ रनमा दोस्रो विकेट खेर फालेको थियो । तेस्रो विकेट लागि रोभमन पावेल र ग्लेन फिलिप्सले अर्धशतकीय साझेदारी गरेका थिए ।
७६ रनमा तेस्रो विकेट गुमाएको जमैकाले ८४ रनमा चौथो विकेट गुमायाे । त्यसपछि १ सय २६ रन हुँदा पाँचौ विकेट झर्याे । त्यसपछि कार्लोस ब्रेथवेट र असिफ अलीले जमैकालाई जित नजिक पुर्याए । जसमा अलीले अविजित ४७ रन बनाए भने ब्रेथवेटले १८ अविजित रन बनाए ।