बायर्न म्युनिख च्याम्पियन्स लिगकाे फाइनलमा पुगेकाे छ । बुधबार राति भएकाे खेलमा लियाेनमाथि तीन शून्य गाेलकाे जित निकालेर बायर्न फाइनलमा पुगेकाे हाे ।
बायर्नकाे जितमा सर्ज जिनाब्रीले २ र लेवाेन्डाेस्कीले एक गाेल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए ।
खेलकाे १८ औँ मिनेटमा बायर्नले अग्रता लिएकाे थियाे । उसक लागि सर्ज जिनाब्रीले गाेल गरे । त्यसपछि ३३ औँ मिनेटमा बायर्नले अग्रता दाेब्बर पार्याे । यसबेलामा पनि जिनाब्रीले नै गाेल गरे ।
त्यसपछि दाेस्राे हाफमा बायर्नका लागि ८८ औँ मिनेटमा लेवाेन्डाेस्कीले तेस्राे गाेल गरे ।
बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि तीन शून्यको जित दर्ता गरेको थियो ।