फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा अरबी लेइप्जिगमाथि तीन शून्यकाे जित निकालेर पीएसजीले फाइनलकाे यात्रा तय गरेकाे हाे ।
पीएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होस, ४२ औँ मिनेटमा एन्जल डी मारिया तथा ५६ औँ मिनेटमा ख्वान बेर्नाटले गोल गरेका हुन् ।
पीएसजीले उपाधिका लागि बायर्न म्युनिख वा लियोनसँग प्रतिस्पर्धा गर्ने छ । बार्यन म्युनिख र लियोनबिचको सेमिफाइनल खेल बुधबार राति हुनेछ ।