काठमाण्डौ । पृथ्वीमा एक सय ७ वर्षपछि उच्च तापक्रम मापन गरिएकाे छ।
साेमबार अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले तापक्रम प्रमाणित गरेको हो ।
अमेरिकाको पश्चिमी तटमा रहेको यो क्षेत्रमा अझै तापक्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
यसअघि सन् १९१३ मा यही ठाउँमा एक सय ३४ डिग्री फरेनहाइट अथवा ५६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे थियो ।