Aafno Khabar

उपत्यकामा मंगलबार थपिए २ सय ५ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

काठमाडौं ।  काठमाडौं उपत्यकामा मंगलबार थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा  उपत्यकामा थप २ सय ५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । उहाँका अनुसार काठमाडौंमा १ सय ३८ जना, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ। संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् ।