काठमाडाैं । मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन् । एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे ।
मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर हाल १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।