Aafno Khabar

गृहमन्त्रीको स्कर्टिङ गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्कर्टिङको गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मंगलबार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट अगाडि भद्रकालीबाट माइतीघर मण्डलातर्फ गइरहेको गाडीले स्कुटरलाई ठक्कर दिएको हो ।

बा १ झ ५५५४ नम्बरको गाडीले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । घाइते हुनेमा नुवाकोट घर भइ बालाजु बस्ने २२ वर्षीया लिला थापा र पछाडि सवार २६ वर्षीया सुदा थापा छन् । दुवैको अवस्था सामान्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।