प्यूठान । प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ।
जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।
च्याउ खाएपछि सिकिस्त बिरामी परेका उनीहरुकाे उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।