काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडाैंकाे लैनचाैरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।
घिमिरेकाे १०१ वर्षकाे उमेरमा निधन भएकाे हाे । घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङकाे पुस्तुन गाउँमा जन्मिनुभएकाे हाे ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार मानिनुहुन्थ्याे ।
घिमिरेले साहित्यमा कविता, खण्डकाब्य, गीतिनाटक, कथाजस्ता विधामा कलम चलाउनुभएकाे छ । उहाँकाे गाैरी चर्चित खण्डकाव्य हाे । उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरीलगायतका कविता संग्रह रहेका छन् ।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का रचनाकार घिमिरेले अन्य थुप्रै लाेकप्रिय गीतकाे पनि रचना गर्नुभएकाे छ ।
स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई सरकारले २०६० साल असाेज ९ गते राष्ट्रकविकाे उपाधि दिएकाे थियाे ।