काठमाडाैं । पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाइएको छ ।
‘अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्डुल गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्न निषेध गरिएको छ’ सूचनामा उल्लेख छ ।
निषेधाज्ञा उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन अनुसार कारवाही गरिने भन्दै प्रशासनले चेतावनीसमेत दिएको छ ।