Aafno Khabar

एसईईको नतिजा सार्वजनिक

  • आफ्नो खबर
  • August 17, 2020 प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

यस वर्ष कुल ४ लाख ८२ हजार ९ सय ८६ जना विद्यार्थीले परीक्षाको लागि आवेदन भरेकोमा  ४ लाख ७२ हजार ७८ जनाको मात्र नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।