काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणमा उपत्यकामा थप १ सय ६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
गाैतमका अनुसार उपत्यकामा साेमबार संक्रमण पुष्टि हुनेमा काठमाडाैंका १ सय ३९, ललितपुरका १५ र भक्तपुरका १४ जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ७ जनाको मृत्यु भएको छ ।