पछिल्लाे समय सामाजिक सञ्जालमा #विनोद निकै भाइरल बनेकाे छ ।
खासगरी भारतीय यूटुयुबर र ट्विटर प्रयोगकर्तामाझ यो ट्रेन्डिङमा छ । #विनोदमा हजारौँ मान्छेहरुले विभिन्न मिम बनाइ सार्वजनिक गरेका छन् । भारतमा ट्रेन्डिङमा परेकाे # विनाेदकाे चर्चा नेपालमा पनि भइरहेकाे छ ।
मुम्बइ पुलिसले पनि #विनोदकाे प्रयाेग गरेकाे छ । लेखेकाे छ, ‘प्रिय #विनोद, हामी आशा गर्छौँ तपाईँको अनलाइन पासवर्ड तपाईको नाममा छैन। यो भाइरल भइरहेको छ, अहिले नै परिवर्तन गर्नुस् !’
के हाे # विनाेद ? किन र कसरी भाइरल ?
सेल्ली प्वाइन्ट नामको युट्यूब च्यानलबाट यो सुरु भएको थियो । उक्त च्यानलका सञ्चालकहरु अभ्युदया र गौतमीले युट्यूब भिडियोमा आउने कमेन्ट लिएर एक भिडियो बनाएका थिए ।
उक्त भिडियोमा उनीहरुले एक विनोद थारु नामको युट्यूब च्यानल सञ्चालकले भिडियोको कमेन्ट सेक्सनमा मात्रै ‘विनोद’ लेखेको देखाए । त्यही ‘विनोद’ मात्रै लेखिएको कमेन्टमा पनि सात जनाले लाइक हानेका थिए ।
उनीहरुले आफ्नो भिडियोमा विभिन्न प्रश्न राख्छन, जसको जवाफमा एउटै शब्द दोहोर्याउँछन्, विनोद, विनोद ।
त्यसपछि एकाएक थुप्रै भारतीय युट्ययूब च्यानलको कमेन्ट सेक्सनमा विनोद, विनोद लेखिएका कमेन्टहरु आउँन थाल्छन् ।
त्यही विनाेद पछि ट्वीटर र फेसबुकमा पनि सार्वजनिक गरियाे र त्यसमा मिम बन्याे र भाइरल भयाे ।