काठमाडाैं । शनिबार साँझ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि भारतीय क्रिकेटर महेन्द्र सिंह धाेनीलाई सन् २०२४ हुने चुनावमा उठ्न एक नेताले प्रस्ताव गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले चुनावमा उठ्नका लागि सुझाव दिएका हुन् । धोनीले क्रिकेटमार्फत दिएको योगदान अब सामाजिक जीवनमा पनि चाहिएको स्वामीको प्रतिक्रिया छ।
‘धोनीले क्रिकेटबाट संन्यास लिएका हुन् अरु कुराबाट होइन। अप्ठारासँग जुझ्न सक्ने र प्रेरणादायी नेतृत्व गर्न सक्ने उनको क्षमता अब सामाजिक जीवनमा पनि चाहिएको छ। उनी लोकसभा २०२४ को आम निर्वाचनमा लड्नु पर्छ,’ स्वामीले ट्विटरमा लेखेका छन् ।
धाेनीले भारतकाे स्वतन्त्रताकाे दिन पारेर शनिबार साँझ अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । उनले चेन्नइ सुपर किंग्सबाट आइपीएल भने खेल्नेछन् ।