काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप तीन जनाको मृत्यु भएको जानकारी दिनुभयाे ।
कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा कपिलवस्तुको मायादेवी गाउँपालिका–७, का ४० वर्षीय पुरुष, पर्सा वीरगञ्ज महानगरपालिका–१२, का ६० वर्षीय पुरुष र धनुषा जनकनन्दनी गाउँपालिका–४, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । यस्तै, पछिल्लाे २४ घण्टामा देशभर ४ सय ६८ जना काेराेना संक्रमित थपिएका छन् ।