काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
शुक्रबार देशभरमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रमितकाे संख्या २५ हजार ५ सय ५१ पुगेकाे छ ।
हालसम्म १७ हजार ७७ जना काेराेना संक्रमित निकाे भइसकेका छन् ।