काठमाडौं । बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभागले आग्रह गरेकाे छ ।
यी स्थानमा पछिल्लाे ६ घण्टादेखि लगातार वर्षा भइरहेकाे र याे क्रम अझै जारी रहने पनि विभागले जनाएकाे छ ।
लगातार वर्षा भइरहेकोले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र अन्य साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकोले विषेश सतर्क रहन विभागले आग्रह गरेको छ ।
श्रावण ३० गते बिहान ६ः१५ बजे
बर्दिया,केलाली,कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछील्लो ६ घण्टा भारी वर्षा र थप बर्षाको सम्भावना कान्द्रा,मोहना,खुटिया,सुहेली,चौधरा र साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठांउमा डुबान हुन सक्ने बिहान सतर्क रहौं।
जल तथा मौसम विज्ञान विभाग ।— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 14, 2020