काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त छ । एक देशबाट अर्को देशमा जान पनि प्रतिबन्ध लगाइएको छ । तर अमेरिकाका यौन प्यासीहरुलाई यसले छोएको छैन । उनीहरु नियम उल्लंघन गर्दै यौन प्यास मेट्नकै लागि सीमा पार गरेर मेक्सिको गइरहेका छन् ।
मेक्सिकोका यौनकर्मीहरुको पनि आफ्नै बाध्यता छ । उनीहरु पेट पाल्नकै लागि जोखिम मोलेर यौन व्यवसायमा संलग्न भएका छन् । यसको खुलासा गरिएको छ ।
‘म मेरो स्वास्थ्यका विषयमा निकै डराइरहेकी छु’ मेक्सिकोको तिजुआनाकी यौनकर्मी अलेजान्ड्राले आफ्नो पूरा नाम उल्लेख नगर्न आग्रहसहित अमेरिकी समाचार संस्था सीएनएनसँग भनिन् ‘मलाई थाहा छैन भर्खरै मसँग भएका व्यक्तिलाई त्यो रोग थियो वा थिएन ।’
मेक्सिकोको तिजुआनाको चर्चित रेडलाइट क्षेत्र जोना नोर्टे अमेरिका र मेक्सिकोकाे सीमा नजिक छ । यहाँ याैनकर्मी युवतीहरु छाेटा कपडा र अग्ला हिल लगाएर उभिएका हुन्छन् । उनीहरुको चाहना हाे पुरुषहरुले उनीहरुसँग केही समय र पैसा खर्च गरुन् । उनीहरुका ग्राहकहरु ठूलो संख्यामा अमेरिकीहरु हुन्छन् जो क्यालिफोर्नियाबाट सीमा पार गरेर त्यहाँ पुग्छन् ।
काेराेना महामारीका कारण कतिपय व्यवसाय याे क्षेत्रमा बन्द छ । मेक्सिको र अमेरिकाबीचको स्थल सीमा पनि अत्यावश्यक कामबाहेकका लागि बन्द छ । तर, तिजुआनामा महामारीभन्दा अगाडिको जस्तो नभए पनि बन्द ढोकाभित्र यौन व्यवसाय चलिरहेको छ ।