Aafno Khabar

आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नू : स्वास्थ्य मन्त्रालय

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गरी संक्रमण बढ्दै गएको अवस्थामा सपिङ मल, रेष्टुरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेको बताउनुभएकाे छ ।

त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।