काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।
मृत्यु हुनेमा काठमाडाैंका १ जना, धादिङका १ जना, धनुषाका २ जना, सप्तरीका १ जना, माेरङका १ जना, कपिलवस्तुका १ जना र बाराका १ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।
याेसहित नेपालमा हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ।