Aafno Khabar

बुधबार थपिए ४ सय ८४ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 12, 2020 प्रकाशित

काठमाडौं । बुधबार नेपालमा थप ४ सय ८४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४ सय ३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन् । मन्त्रालयका अनुसार देशभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन् ।