धनुषा । जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ ।
कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार गिरीको मंगलबार राति १२ बजेतिर उनको मृत्यु भएको हो ।
७३ वर्षीय गिरी मुटु रोगी हुनुहुन्थ्याे । कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर बन्नुभएकाे थियाे।