Aafno Khabar

चीनद्वारा सिन्धुपाल्चाेकका लागि स्वास्थ्य सामग्री सहयाेग

  • आफ्नो खबर
  • August 12, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर । LEON FARRELL/ PHOTOCALL IRELAND /PA

सिन्धुपाल्चोक । चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । सिन्धुपाल्चाेक र चीन जाेडिने मितेरी पुलमा बुधबार सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि २ हजार ८ सय पीपीइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र २ हजार थान पञ्जा सहयोग गरेको हो । त्यस्तै, आइसोलेसन मास्क २ हजार थान तथा एन नाइन्टीफाइभ मास्क र मेडिकल मास्क पनि ५ हजार थान दिइएको छ ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकाे प्रयोगका लागि भीटीएम २ हजार थान र पीसीआर रिएजेन्ट २ हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयाे ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बत, नेलम भन्सार कार्यालयका उपनिर्देशक साङ बुमार्फत उक्त सामग्री लिनुभएकाे हाे ।