Aafno Khabar

देशभरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

  • आफ्नो खबर
  • August 11, 2020 प्रकाशित

काठमाडाैं । सरकारले देशभर शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । काेभिड १९ संक्रमण जाेखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभएकाे हाे ।

मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्ने क्रममा खतिवडाले शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको बताउनुभएकाे हाे ।

उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाट गर्ने व्यवस्था मिलाउन पनि अनुराेध गर्नुभएकाे छ ।

यस्तै, सरकारले भदाै १६ पछि लामाे दुरीका यातायात सञ्चान गर्ने निर्णय पनि गरेकाे छ ।