काठमाडाैं । कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेकाे संख्याले ब्राजिलमा पनि एक लाख पार गरेकाे छ । जाेन्स हप्किन्स विश्वविद्यालयकाे तथ्यांक अनुसार साेमबार बिहानसम्ममा १ लाख १ हजार ४९ जनाकाे मृत्यु भइसकेकाे छ ।
सबैभन्दा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु संख्याको आधारमा पनि दोस्रो नै स्थानमा छ । ब्राजिलमा अहिलेसम्म ३० लाख ३५ हजार ४ सय २२ जना संक्रमित पहिचान भइसकेका छन् ।
सबैभन्दा धेरै संक्रमित हुने मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ जहाँ ५० लाख ४४ हजार भन्दा धेरै मानिस संक्रमित छन् । अमेरिकामा अहिलेसम्म १ लाख ६२ हजार ९ सय १९ जना संक्रमितको मृत्यु भइसकेको तथ्यांक छ ।