बुढो हुनु स्वभाविक जीवन प्रकृया भए पनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुगी बुढो देखिन्छन् ।
आजकल मानिसहरुमा रहने गरेको गलत दिनचर्या, खराब खानपान, अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो पार्दछ ।
खाने, सुत्ने, आराम गर्ने वा व्यायामका लागि समय छुट्याउन नसक्दा मानिस बुढो देखिन्छ ।
१. खाना
शरीर स्वस्थ राख्न ठिक समय, सहि मात्रा र स्वथ्यकर खाना आवश्यक छ । आजभाेलि मानिसहरु व्यस्त रहँदा समयमा खाना नखाने, स्वस्थकर खानेकुरा नपाइने यावत कारणले उमेर नपुगी बुढो हुने गरेका छन् । गलत खानाको असर मुटुमा पर्ने हुनाले शरीर अस्वस्थ हुँदै जान्छ ।
२. आराम
बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिँड्ने वा शरीरलाई परिश्रम हुने काम कम गर्दछन् । लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ । जसले शरीर बिगार्छ ।
३. धुम्रपान
धुम्रपान फाइदाजनक हुन्न । यसले फोक्सोदेखि मस्तिष्कसम्म असर पार्दछ । रगतको प्लेटलेट्स पनि नष्ट पार्दछ । धुम्रपानले शरिरमा खराब कोलेस्ट्रोलको मात्रा पनि बढाउने भएकाले शरीर जीर्ण हुन्छ ।
४. मदिरा सेवन
मदिरा सेवनले रक्तचाप बढ्छ । शरीरमा भएको भिटामिन बी र सीलाई समेत मदिराले नष्ट पार्दछ । यसले शरीर कमजोर र बुढो बनाउँछ ।
५. चिन्ता
चिन्ता वा तनावले समेत मानिसलाई बुढो देखाउन गर्दछ । यसले मुटुको स्वास्थ्यमा निकै घातक साबित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । यसले हृदयघातको सम्भावनालाई पनि बढाएर लान्छ ।
६. व्यायामकाे कमी
शरीर स्वस्थ राख्नका लागि व्यायामकाे जरुरी हुन्छ ।