काठमाडौं । महात्मा गान्धीले लगाएको चस्मा बेलायतमा लिलामीमा राखिएको छ ।
सुनको जलप लगाइएको उक्त चस्मा गान्धीले लगाएको मानिएको छ । यसको मूल्य १० हजारदेखि १५ हजार पाउण्ड रहने अनुमान छ ।
यो चस्मा गान्धीले १९०० को दशकमा उपहार दिएका थिए ।
बेलायतका एक अज्ञात ज्येष्ठ नागरिकको परिवारसँग यो चस्मा थियो । बिक्रेतालाई उनका पिताले उक्त चस्मा उनका काकालाई गान्धीले उपहार दिएको बताएका थिए । १९१० देखि १९३०को अवधिमा उनी अफ्रिकामा ब्रिटिस पेट्रोलियममा काम गर्थे । त्यही अवधिमा गान्धीले उनलाई चस्मा उपहार दिएकाे विश्वास गरिएकाे छ ।
सुरुमा चस्माको अनलाइन मूल्य ६ हजार पाउण्ड तोकिएको थियो ।
२१ अगस्टमा आयोजित हुने अनलाइन लिलामी समारोह चस्माका कारण विशेष हुने देखिएकाे छ । कतिपय भारतीयले पनि यसमा चासो दिएका छन् ।