काठमाडाैं । आइतबार तीन सय ८० जना काेभिड १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा जनामा ८ हजार ८ सय १५ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।
विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन् ।