Aafno Khabar

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

कास्की । कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड–१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ वर्षीय पुरूषको गयराति मृत्यु भएको हो। मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाइएको छ।