Aafno Khabar

यस्ताे छ च्याम्पियन्स लिग क्वार्टरफाइनलकाे समीकरण

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

च्याम्पियन्स लिग क्वार्टरफाइनलकाे समीकरण पूरा भएकाे छ । शनिबार स्पेनिस क्लब बार्सिलाेना र जर्मन क्लब बायर्न म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेपछि समीकरण पूरा भएकाे हाे ।

यसअघि शुक्रबार लियाेन र म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेका थिए । काेभिड १९ संक्रमणका कारण खेल स्थगित हुनु अगाडि पीएसजी, एटलान्टा, एथ्लेटिकाे मड्रिड र अरबी लेइपजिग अन्तिम ८ मा पुगिसकेका थिए ।

अब बुधबारदेखि क्वार्टरफाइनलका सबै खेल पाेर्चुगलकाे लिस्बनमा हुनेछ । बुधबारकाे पहिलाे क्वार्टरफाइनल खेलमा पीएसजी र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार एथ्लेटिकाे मड्रिड र अरबी लेइपजिगबीचकाे खेल हुनेछ ।

यस्तै, शुक्रबार बार्सिलाेना र बायर्न म्युनिख र शनिबार लियाेन र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अगष्ट २३ मा हुने जनाइएकाे छ ।